४ कार्तिक २०८३, बुधबार

‘आईसीटी अवार्ड २०२२’ को लागि नोमिनेशन गर्ने बुधबार अन्तिम दिन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको सातौं संस्करणका लागि विभिन्न १२ विधामा अनलाइन नोमिनेशन (आवेदन), यहि भदौ १५ गते बुधबारसम्म बुझाउन सकिने छ ।

लिभिङ विथ आईसीटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आईसीटी अवार्ड २०२२’ मा पहिलोपटक दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर ‘साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड‘ पनि आयोजना हुने छ ।

यसैगरी नेपालको लागि स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इन्नोभेसन सम्बन्धित विधाहरु रहेको छ ।

प्रविधिको क्षेत्रमा विशेष योगदान गरेका व्यक्तिहरूलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्ड र वुमन आइकन आईसीटी अवार्ड रहेका छन् ।

यसैगरी प्रविधिको प्रयोगमार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आईसीटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आईसीटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आईसीटी अवार्ड र डिजिटल सर्भिसेस आईसीटी अवार्ड रहेका छन् ।

अवार्डमा नोमिनेशन गर्न आईसीटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनौट गरी अनलाइन फारम बुझाउनुपर्ने हुन्छ ।