२ कार्तिक २०८३, सोमबार

फुल भोल्युम कन्सर्टका लागि जीबब र अस्मिता अधिकारी धरान आउँदै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरान, १३ भदौ । अल नेपाल ठग्स फेमिली ‘एनटीएफ’ले आयोजना गरेको ‘र्याप ब्याटल’ बाट एक्कासी चर्चामा आएका जीबब नामले लोकप्रिय बनेका र्यापर सुदीप भण्डारी पहिलोपल्ट धरान आउन लागेका छन् ।

आगामी २५ गते शनिबार आयोजना हुने ‘टुबोर्ग फुल भोल्युम कन्सर्ट’का लागि उनी धरान आउन लागेका हुन् ।

फुल भोल्युम कन्सर्टमा जीबबसँगै अहिलेकी लोकप्रिय गायिका अस्मिता अधिकारीले पनि आफ्नो गीतहरु प्रस्तुत गर्नेछिन् भने चर्चित र्यापरहरु प्लस डिभाइड र शिरुपाते संगै धरानको चर्चित डीजे डबल बी र डीजे नभसनले डीजेइङ्ग समेत प्रस्तुत गर्ने छन् ।

लामो समयपछि धरानमा आयोजना हुन लागेको कन्सर्टमा सबैखाले दर्शकहरुको मनोरञ्जनका लागि र्याप र मेलोडीको सम्मिश्रण गरिएको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ ।

कन्सर्टका लागि अग्रिम टिकट बुकिङका लागि रू. ३०० र गेट टिकट रू. ५०० कायम गरिएको छ ।