१ कार्तिक २०८३, आइतबार

नेपाललाई केन्याले दियो १०२ रनको सामान्य लक्ष्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । केन्यासँगको चौथो टी–२० खेल जित्न नेपालले १०२ रनको लक्ष्य पाएको छ ।

नैरोबीस्थित जिमखान क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित २० ओभरमा सबै विकेट गुमाएपछि १०१ रनमा सीमित बन्यो र नेपालाई १०२ रनको मात्रै विजय लक्ष्य प्रस्तुत गर्न बाध्य भयो ।

यसअघि भएका खेलहरूमध्ये पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो । दोस्रो खेलमा १८ रनले पराजित हुँदा तेस्रो खेलमा ४ विकेटले विजयी भएको छ ।

नेपालले अहिले ब्याटिङ गरिरहेको छ ।