
काठमाडौं, १३ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर गरिएको ४ हजार ११ जनाको नमूना परीक्षणबाट २२६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५२५ जनाको आरटी–पीसीआर गर्दा १४५ जना र २ हजार ४८६ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९६ हजार ९७९ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार जना छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८१ हजार ७४४ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ५ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार २३५ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ८६ हजार २६० जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३ हजार २३५ जना आइसोलेसनमा छन् ।















प्रतिक्रिया