४ कार्तिक २०८३, बुधबार

डा. गोविन्द केसीले भदौ २७ गतेदेखि सत्याग्रह शुरू गर्ने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । स्वास्थ्य सेवा सुधारको माग गर्दै लामो समयदेखि सरकारलाई दबाब दिइरहेका डा. गोविन्द केसीले सरकारसँग यसअघि गरिएका सहमति, सम्झौता पूरा नभए २७ भदौदेखि सत्याग्रह शुरू गर्ने बताएका छन् ।

आज आयोजित पत्रकार सम्मेलन डा. केसीले मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र न्यायका लागि संघर्ष गरि आए पनि सरकारले बेवास्ता गरेको बताए । उनले जुन सरकार आए पनि समस्या समाधान गर्ने सहमति मात्रै गर्ने तर सहमति कार्यान्वयन नगर्ने गरेको आरोप लगाए ।

देश संघीयतामा गएर स्वास्थ्य सेवा विकेन्द्रीकरण भएपछि देखिएका तथा बल्झिएका विभिन्न समस्या र तिनका कारण दुरदराजका नागरिकबाट खोसिँदै गएको स्वास्थ्य सेवा सरकारलाई बारम्बार ध्यानाकर्षण गराउँदै आए पनि समस्या सम्बोधन नभएको उनले बताए ।

सरकारी पक्षले पूर्वसहमति कार्यान्वयनका लागि केही समय मागेकाले सत्याग्रहको कार्यक्रम दुई साता सारे उनले बताए । यसबीच ती सबै काम नभए २७ भदौदेखि सत्याग्रह शुरू गर्ने डा. केसीको भनाइ छ ।