१ कार्तिक २०८३, आइतबार

शिक्षान्तर स्कुल दोस्रो ईपीएस ड्रिजल कपका ६ वटा खेलहरु सम्पन्न

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा हिजो शनिबारदेखि शुरू भएको शिक्षान्तर स्कुल दोस्रो ईपीएस ड्रिजल कप क्रिकेट प्रतियोगिताका ६ खेलहरु सम्पन्न भएका छन ।

मिनभवनस्थित ईपीएस स्कुलको प्राङगणमा शनिबार भएको उदघाटन खेलमा अक्षरा ए ले ईपीएसलाई ७ विकेटले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा अक्षरा बी ले शिक्षान्तरलाई ५ विकेटले पराजित गरेको छ ।

तेस्रो खेलमा अक्षरा ए ले न्यू इरालाई २७ रनले पराजित गर्दा चौथो खेलमा नाइटिङेलले अक्षरा बी लाई ३४ रनले पराजित गर्यो । त्यस्तै शनिबार भएको पाचौं खेलमा न्यू इराले आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्दै इपीएसलाई ४ विकेटले पराजित गर्दा छैठौं खेलमा नाइटिङेलले शिक्षान्तरलाई १०० रनले पराजित गर्यो ।

खेलमा जितसँगै समुह सी बाट अक्षरा ए र न्यू इरा तथा समुह डी बाट अक्षरा बी र नाइटिङेलले क्वाटर फाइनलमा स्थान बनाएको छ । प्रतियोगिता अन्तर्गत मंगलवार समुह ए र बी का खेलहरु हुनेछन ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका १२ विद्यालयहरुले सहभागिता जनाएका छन । प्रतियोगिताको उपाधि विजेताले रु १४ हजार ५ सय र उप विजेताले रु ८ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगिताका उत्कृष्ट खेलाडीले रु ३ हजार ५ सय, उत्कृष्ट बलर र ब्याटसम्यानले समान २ हजार १ सय प्राप्त गर्नेछन । हरेक खेलका उत्कृष्ट खेलाडीलाई रु ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।