
काठमाडौं, १२ भदौ । नेकपा एमालेले केन्द्रदेखि वडा कमिटीसम्मै निर्वाचन परिचालन कमिटी बनाउने भएको छ ।
आज आइतबार बसेको केन्द्रीय निर्वाचन परिचालन कमिटीको पहिलो बैठकले सो निर्णय गरेको हो ।
निर्णय अनुसार अब एमालेले प्रदेश, जिल्ला, पालिका र वडातहसम्म निर्वाचन परिचालन कमिटी गठन गरी आगामी निर्वाचनमा नेता तथा कार्यकर्ता परिचालन गर्ने भएको छ ।
‘प्रदेशमा गठन हुने निर्वाचन परिचालन कमिटीको काम निर्वाचन अनुगमनका साथै वक्ता व्यवस्थापनको हुनेछ भने जिल्लामा गठन गरिने निर्वाचन परिचालन कमिटीले सम्पूर्ण रुपमा समग्र प्रचार कामको नेतृत्व गर्ने छ,’ निर्णयमा भनिएको छ ।















प्रतिक्रिया