
काठमाडौं, १२ भदौ । निर्वाचन परिचालन कमिटीको कामलाई व्यवस्थित बनाउने एमालेले सचिवालय गठन गरेको छ ।
आज आइतबार बसेको सो कमिटीको पहिलो बैठकले सचिवालय गठन गरेको हो । सचिवालयमा पार्टीका केन्द्रीय पदाधिकारीहरू, निर्वाचन विभागका उपप्रमुख र सचिव, प्रचार तथा प्रकाशन विभागका उपप्रमुख र सचिव, कानुन विभागका प्रमुख, उपप्रमुख र सचिव, केन्द्रीय कार्यालयका सचिव र सातवटा जनसंगठनका अध्यक्षहरू रहने छन् ।
सचिवालयमा आवश्यकतानुसार मनोनित गर्न सकिने निर्णय पनि आजको बैठकले गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली स्वयम् संयोजक रहेको निर्वाचन परिचालन कमिटीको सचिवालयमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङ, सुरेन्द्रप्रसाद पाण्डे सदस्य रहेका छन् ।
त्यस्तै महासचिव शंकर पोखरेल तथा उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरूङ, विष्णु रिमाल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, पद्माकुमारी अर्याल पनि सदस्य रहने छन् ।
यसैगरी उक्त सचिवालयमा थममाया थापा, विष्णु रिजाल, निरज आचार्य, रमेश बडाल, धर्मराज रेग्मी, प्रेम दंगाल, सुनीता बराल, किरण पौडेल, भीष्म अधिकारी, गगन विष्ट, केदार कोइराला, डिल्लीरम मैनाली, परशुराम बस्नेत र विनोद पाण्डे सदस्य रहने छन् ।
बैठकले निर्वाचन परिचालन कमिटीको सचिव र सचिवालयको सचिवमा उपमहासचिव विष्णु रिमाललाई जिम्मेवारी दिएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा महासचिव शंकर पोखरेलले निर्वाचन परिचालनका सन्दर्भमा गर्नुपर्ने कामका बारेमा प्रस्तावहरू प्रस्तुत गरेका थिए ।















प्रतिक्रिया