
काठमाडौं, १२ भदौ । मिस नेशन नेपाल २०२२ को ताज अनिशा श्रेष्ठले पहिरिएकी छन् ।
आई डु इभेन्ट्सले आयोजना गरेको प्रतियोगितामा १४ जनालाई उछिन्दै श्रेष्ठले ताज पहिरिएकी हुन् । श्रेष्ठले मिस नेशन नेपालको ताज साथै नगद रू. १ लाख पुरस्कार पाएकी हुन । प्रतियोगितामा फर्स्ट रनर अप पूर्णिमा प्रजापति र सेकन्ड रनर अप दा लामु शेर्पा भएकी छिन् ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमले गमलामा पानी हालेर कार्यक्रमको सुरुवात गरेका थिए । सजिलो–पेले प्रायोजन गरेको मिस नेशन नेपाल २०२२ को निर्णायक मण्डलमा ध्रुब बुढाथोकी, ज्वालाराज पोखरेल, सुमित राणा र स्मारिका शर्मा थिए ।
मिस नेशन नेपालको यो पहिलो संस्करण हो । आयोजकको अनुसार हरेक बर्ष मिस नेशन नेपाल सञ्चालन गरेर महिलाहरूलाई श्रृंगार, नृत्य, ब्यक्तित्व विकास, भाषण कला, आत्मरक्षा र अभिनय सिकाउने लक्ष्य राखेको बताए ।

यस्तै प्रतियोगितामा भिवोर्स चोइस पेमा शेर्पा, बेस्ट वाल्क पूर्णिमा प्रजापति, मिस फ्रेन्डली मरिना ढुङ्गेल, मिस कन्फिदेन्स श्वेता शर्मा, मिस ट्यालेन्ट कोमल पौडेल, मिस मल्टीमिडिया आरती सर्अफ, मिस डिसिप्लिन अञ्जु थामी, बेस्ट पर्सनालिटी सँगम बस्नेत, मिस फोटोजेनिक मनिला राणालाई उपाधिसमेत दिइएको थियो ।
कार्यक्रम थापाथलीस्थित ब्लूबर्ड मलमा आयोजना गरिएको थियो भने शो कोरियोग्राफर सुजित बस्यालले गरेका थिए । कार्यक्रम सञ्चालन रोहित भट्टले गरेका हुन् । विभिन्न फेशन डिजाइनरहरूले तयार पारेको पहिरनहरूमा सहभागीहरू स्टेजमा उत्रिएका थिए ।















प्रतिक्रिया