४ कार्तिक २०८३, बुधबार

कमल थापाको दाबी : अबको भरपर्दो वैकल्पिक शक्ति राप्रपा नेपाल

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, ११ भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको दुरावस्थाबाट मुलुकलाई मुक्त गर्नका निमित्त जनताले अबको चुनाबमा ‘बोल्ड’ निर्णय गर्नुपर्ने बताएका छन् ।

बेतिथी, बिकृति र अन्यायबारे चिन्ता गरेर मात्र नहुने बताउँदै उनले साहसिक निर्णय गर्नुपर्ने बेला आएको पनि बताएका छन् । अबको निर्वाचनमा जनताले स्वाधिनता, सुशासन, हिन्दुत्व र समृद्धिको पक्षमा आफूलाई उभ्याउनु पर्ने उनको भनाइ छ ।

राप्रपा नेपाल बर्दियाद्वारा आज गुलरियामा आयोजित कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले ठूला भन्ने दलहरुको अक्षमता, अदुर्दर्शिता र अकर्मण्यताको जवाफ दिँदै जनताले राप्रपा नेपाललाई वैकल्पिक शक्तिको रुपमा उभ्याउन सहयोग गर्नुपर्नेमा जोड दिए ।

‘हामी दुरदर्शी योजना, कार्यक्रमसहित जनताको माझमा प्रस्तुत भएका छौ,’ उनले भने, ‘राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण, आर्थिक विकास अनि समृद्धि, हिन्दुत्वको रक्षा, भ्रष्टाचार र बेरोजगारीको अन्त्य अहिलेको प्रमुख आवश्यकता हो ।’ यी सबै विकृतिको अन्त्य गर्ने एउटैमात्र शक्ति राप्रपा नेपाल भएको उनको दाबी छ ।

विदेशी प्रभुहरुको इसारामा चल्नेहरुबाट मुकुक र जनताको हित नहुने भनाइ उनको छ ।