४ कार्तिक २०८३, बुधबार

म्याग्देका महिलाले गाए तीजका भाकामा कृषि उत्पादन र जैविक विविधताको महत्व

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ११ भदौ । जिल्लाको म्याग्दे गाउँपालिकामा ‘प्राङ्गरिक खेती गरौँ, स्वस्थ कृषि उपज प्रयोग गरौँ’ मुल नाराका साथ आयोजना गरिएको खुला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

हरितालिका तीजको अवसर पारेर म्याग्दे गाउँपालिका–२ गुञ्जारास्थित उमाचोक अर्गानिक कृषि सहकारी संस्थाले प्रतियोगिता आयोजना गरेको हो ।

१० वटा समूहले सहभागीता जनाएको सो प्रतियोगितामा गणेश आमा समूह प्रथम भएको छ । त्यस्तै पसले आधारभूत विद्यालय द्वितीय र महिला जागरण आमा समूहले तृतीयल स्थान हासिल गरेका छन् । त्यस्तै खराडी आमा समूहले सान्त्वना पुरस्कार प्राप्त गरेको छ ।

विजेताहरूलाई क्रमशः पाँच हजार, चार हजार, तीन हजार र दुई हजार रूपैयाँ नगद पुरस्कृत प्रदान गरिएको छ । प्रतियोगीहरूले प्राङ्गारिक खेती प्रणालीलाई जोड दिनेसम्बन्धी गीत प्रस्तुत गरेका थिए । प्रकृति र मानव स्वास्थ्यको रक्षा गरौँ, जैविक विविधता बढाऔँ विषयलाई प्रतियोगिहरूले तीज गीतका माध्यामबाट उजागार गरेका थिए ।

म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ ।

म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उक्त प्रतियोगिता उद्घाटन गर्दै प्राङ्गारिक खेती प्रणालीको विकल्प नरहेको बताए । आधुनिकताका नाममा खाने वस्तुमा समेत मिसावट हुने अवस्था आएको र त्यसले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याएरहेको हुँदा अब परम्परागत खेतीमा नै जानुपर्ने धारणा उनले व्यक्त गरे ।

गाँउपालिकाले कृषि र उत्पादनमा जोड दिएको हुदाँ कृषकलाई गाँउपालिकासँग हातेमालो गरेर अगाडि बढ्न उनले आग्रह गरेका छन् । उत्पादनविना विकास असम्भव भएको बताउँदै उनले कुनै न कुनै उत्पादनमा जोडिन सबैलाई अनुरोध गरेका छन् ।

जव उत्पादन हुँदैन, तव सवै समस्याग्रस्त हुने हुदाँ समृद्ध म्याग्देको आधार नै कृषि र उत्पादन भएको उनको भनाइ छ ।