४ कार्तिक २०८३, बुधबार

राज्यको ढुकुटीमा प्वाल पारेर निश्चित व्यापारिक समूहको स्वार्थपूर्ति गर्न सरकार व्यस्त छ : एमाले

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । नेकपा एमालेले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार राज्यको ढुकुटीमा प्लाल पारेर निश्चित व्यापारिक समूहको स्वार्थपूर्ति गर्ने काममा व्यस्त रहेको आरोप लगाएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा हिजो र आज चलेको केन्द्रीय कमिटीको चौथो पूर्ण बैठकले वर्तमान सरकारमाथि यस्तो आरोप लगाएको हो ।

बैठकपछि सार्वजनिक गरिएको निर्णयमा भनिएको छ, ‘मुलुकमा भएका अनियमितता र कानुनविपरीतका क्रियाकलापहरु नियन्त्रण गर्ने जिम्मेवारी बोकेको सरकार स्वयम् राज्यलाई कमजोर बनाउने, निश्चित व्यापारिक घरानाका प्रतिनिधिहरु सामेल गरेर करका दरहरु निर्धारण गर्ने, राज्यको ढुकुटीमा प्वाल पार्ने र निश्चित व्यापारिक समूहहरुको स्वार्थपूर्ति गर्ने काममा व्यस्त छ ।’

निश्चित व्यापारिक घरानालाई लक्षित गरेर नीति–नियम बनाउने सरकारको अत्यन्त आपत्तिजनक दुष्कर्मले मुलुकलाई क्रमशः माफियाकरणको बाटोतिर उन्मुख गराइरहेको एमालेको निष्कर्ष छ ।

सरकारको संरक्षणमा भ्रष्टाचार, अनियमिता र सेटिङका ठूला–ठूला अनैतिक र आपराधिक कामहरु भइरहेको भन्दै एमालेले यस्ता अनैतिक र आपराधिक क्रियाकलापहरुको घोर भत्सर्ना गर्दै ती कुकर्महरु अविलम्ब रोक्न सरकारलाई खबरदारी समेत गरेको छ ।