
काठमाडौं, ११ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले आगामी निर्वाचनमा आफ्नो पार्टीले ७० भन्दा बढी क्षेत्रमा जित हासिल गर्ने दाबी गरेका छन् ।
पार्टीले अध्यक्ष केपी शर्मा ओलीलाई नै भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको बताउँदै बस्नेतले आगामी सरकार बनाउन बहुमत पुग्ने हाराहारीका साथ एमाले अघि बढेको बताएका छन् । उनले एमाले अहिले पनि कमजोर नरहेको दाबी गरेका छन् ।
‘यो बीचमा गठबन्धनले जनताको हितविपरीत काम गरेको छ । भ्रष्टाचार गरेको छ । मल अभाव, पुस्तक अभाव गराएको छ । यी इस्युलाई हामीले सही ढङ्गले व्यवस्थापन गर्दा, १४ महिनाका उहाँहरुको अलोकप्रिय कामले हामीलाई फाइदा हुन्छ,’ बस्नेतले भने, ‘७० भन्दा बढी सीट जित्छौं । सरकार बनाउन बहुमत पुग्ने हाराहारीका साथ अघि बढेका छौं ।’
उनले गठबन्धन नगर्ने मोडालिटी एमालेले बनाएको पनि स्पष्ट पारेका छन् । तर, स्थानीय तहको आवश्यकताको आधारमा पनि जान सकिने बताउँदै उनले निर्वाचनलाई जनताको हितमा उपयोग गर्ने र मुलुकको समृद्धि नै एमालेको मुख्य एजेण्डा भएको बताएका छन् ।















प्रतिक्रिया