
झापा, ११ भदौ । मदिरा सेवन गरेर घर आएका झापाका एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
झापा गाउँपालिका–६ चन्द्रबस्ती बस्ने ४० वर्षीय नाइके हस्दा (सत्तार)ले आफ्नै श्रीमती ३५ वर्षीया तालामाई हस्दाको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।
हत्या अभियोगमा उनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरेका नाइकेले शुक्रबार राति धारिलो हतियार प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरी फरार भएका थिए ।















प्रतिक्रिया