४ कार्तिक २०८३, बुधबार

शेरबहादुर तामाङ भन्छन्– गणतन्त्रको संविधान अनुसार दर्ता भएको राप्रपासँग सहकार्य गर्न सकिन्छ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले गणतन्त्रको संविधान अनुसार निर्वाचन आयोगमा दर्ता रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग एमालेले सहकार्य गर्न सक्ने बताएका छन् ।

काठमाडौंमा आयोजित एक साक्षातकार कार्यक्रममा आफ्नो धारणा व्यक्त गर्दै नेता तामाङले अहिलेसम्म राप्रपासँग सहकार्यको विषयमा पार्टीगत रूपमा कुनै कुरा नभएको समेत स्पष्ट पारेका छन् । यद्यपि, भविष्यमा भने सहकार्य गर्नसक्ने सङ्केत गर्दै उनले एउटा खास आइडियोलोजी बोकेको पार्टीसँग सहकार्य हुनसक्ने बताएका छन् ।

एमालेले राप्रपासँग सीट बाँडफाँटबारे छलफल गरेको भन्ने बाहिरी हल्ला सत्य नभएको बताउँदै उनले भने, ‘राप्रपाको विधान गणतन्त्रको विधान हो । कसैले हाम्रो छेउमा उभिनको लागि स्पेश खोज्छ भने हामी छेउमा उभिन स्पेश दिन्छौं ।’ तर, राप्रपाले मौखिक रूपमा के बोल्छ भन्ने कुरा एमालेलाई सरोकार नहुने उनको धारणा छ ।

उनले नेपालमा राजनीतिक दलको विकल्प नभएको पनि स्पष्ट पारेका छन् । ‘नेपालमा दल नै हो । जतिसुकै स्वतन्त्र भने पनि राजनीति नै हो । उहाँहरू पनि एउटा विचार र दृष्टिकोण बोकेर निर्वाचन लडेका हुन्छन् ।’