४ कार्तिक २०८३, बुधबार

घट्दो क्रममा कोरोना सङ्क्रमण, शनिबार थपिए १७३ जना नयाँ सङ्क्रमित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर गरिएको २ हजार ८३९ जनाको नमूना परीक्षणबाट १७३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४३ जनाको आरटी–पीसीआर गर्दा ६५ जना र २ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा १०८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९६ हजार ६७० जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९९ जना छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८१ हजार ५९ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ४ प्रतिशत हो ।

अघिल्लो दिन देशभर ३ हजार ५१५ जनाको नमूना परीक्षण गर्दा ३२४ जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण थप १ जनाको मृत्यु भएको थियो । उक्त दिन ४१८ जना संक्रमित संक्रमणमुक्त भएका थिए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६१२ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख ८२ हजार ६७१ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३ हजार ६१२ जना आइसोलेसनमा छन् ।