
काठमाडौं, १० भदौ । नेकपा एमाले केन्द्रीय कमिटीको चौथो पूर्ण केन्द्रीय कमिटीको बैठकले पार्टीको भारत प्रवास कमिटीको कामलाई व्यवस्थित बनाउन कार्यदल गठन गरेको छ ।
शुक्रबारदेखि ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शुरू भएको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख खगराज अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
कार्यदलमा स्थायी कमिटी सदस्य राजन भट्टराई, केन्द्रीय कमिटी सदस्यद्वय रमेश बडाल र हरि घिमिरे छन् ।
त्यस्तै सोही बैठकले प्रतिष्ठान सञ्चालन कार्यविधि निर्माणका लागि खगराज अधिकारीककै संयोजकत्वमा अर्को कार्यदल पनि गठन गरेको छ । उक्त कार्यदलमा पोलिट्ब्यूरो सदस्य सीता गिरी र केन्द्रीय सदस्य रमेश बडाल सदस्य रहेका छन् ।















प्रतिक्रिया