४ कार्तिक २०८३, बुधबार

गठबन्धनबाट प्रतिनिधिसभा र प्रदेशसभाको क्षेत्रमा एउटै दलका उम्मेदवार बन्न नपाउने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । सत्ताधारी गठबन्धनका तर्फबाट खडा गरिने उम्मेदवारहरूले प्रतिनिधिसभा र प्रदेशसभाको छुट्टा–छुट्टै क्षेत्रबाट मात्रै निर्वाचन लड्न पाउने भएका छन् ।

सत्ता गठबन्धन दलहरूले बनाएको सीट बाँडफाँटसम्बन्धी कार्यदलको शुक्रबार बालुवाटारमा बसेको बैठकले प्रतिनिधिसभा र प्रदेशसभामा फरक–फरक दलको उम्मेदवारी हुनुपर्ने मोडालिटी तयार गरेको हो ।

यसअघिका बैठकहरूमा प्रतिनिधिसभाको निर्वाचन क्षेत्रबारेमात्रै छलफल भइरहेकोमा आजदेखि प्रदेशसभाको सीट बाँडफाँटबारे पनि छलफल शुरू गरेको र उक्त मोडलबारे गम्भीर रूपमा छलफल भइरहेको बताइएको छ ।

प्रतिनिधिसभामा एउटा दलले उम्मेदवारी दिए सोही क्षेत्रको प्रदेश क्षेत्रमा अर्कै दलबाट उम्मेदवार बनाउने मोडालिटीमा करिब–करिब सहमति जुटेको नेताहरूले बताएका छन् । सम्भवतः यही मोडालिटीले मूर्तरूप पाउनेमा उनीहरू ढुक्क समेत देखिएका छन् ।

कार्यदलको बैठक भोलि अपराह्न ४ बजे पुनः बालुवाटारमा बस्दैछ ।