
काठमाडौं, १० भदौ । नेपाली कांग्रेसका बहालवाला समानुपातिक सांसदले पुनः उम्मेदवार बन्न नपाउने भएका छन् ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरूले अब दोहोरिएर उम्मेदवार बन्न नपाउने भएका हुन् ।
यससम्बन्धमा कांग्रेसले दोहोर्याएर नाम सिफारिस नगर्न प्रदेश र जिल्ला कमिटीलाई निर्देशन समेत दिएको बताइएको छ ।
पार्टीको विधानमा भएको नवौँ पटकको संशोधनले एकपटक समानुपातिकतर्फ निर्वाचित सदस्यले पुनः सोही निर्वाचन प्रणालीमा उम्मेदवार नै बन्न नपाउने व्यवस्था गरेबमोजिम तल्लो तहलाई निर्देशनसहितको परिपत्र गरिएको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् ।















प्रतिक्रिया