४ कार्तिक २०८३, बुधबार

कमाण्ड सेनापति समन्वयात्मक बैठक सम्पन्न

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । बिहीबारदेखि शुरू भएको दुईदिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७९’ आज सम्पन्न भएको छ ।

राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय परिवेशको गहन समीक्षा गरी उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूमाथि सुक्ष्म विश्लेषण गर्न बैठक आयोजना गरिएको थियो ।

उक्त बैठकमा चारवटै कमाण्डका कमाण्ड सेनापति, जङ्गी अड्‍डाका विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयहरुबाट विगतको कार्यको समीक्षा तथा वर्तमान गतिविधिहरु समेटी प्रस्तुतीकरण भएको थियो ।

उक्त बैठकको समापन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले यथार्थपरक छलफलमा केन्द्रित रहेको समन्वयात्मक बैठक फलदायी रहेको बताए । नेपाली सेनाले सामुहिक स्वामित्व र सामुहिक निर्णयलाई निरन्तरता दिने उनले बताएका छन् ।