४ कार्तिक २०८३, बुधबार

माधव नेपालसहितको वृहत् समाजवादी केन्द्र निर्माण भए पार्टी एकता गर्छौं : भट्टराई

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालसहितको वृहत् समाजवादी केन्द्र निर्माण भएमा पार्टी एकीकरण गर्ने बताएका छन् ।

तत्कालका लागि नेकपा माओवादी केन्द्रसँग चुनावी तालमेल मात्रै गरेको बताउँदै उनले माधव कुमार नेपालसहितको समाजवादी केन्द्र निर्माण भए पार्टी एकीकरण गर्न नेपाल समाजवादी पार्टी सकारात्मक रहेको उनको भनाइ छ । पार्टीको काठमाडौं जिल्ला प्रथम भेलालाई आज शुक्रबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

त्यसो त नेकपा एसले निर्वाचनपछि माओवादीसँग पार्टी एकीकरण गर्ने बताइसकेको छ । यो सँगै एमालेबाहेकको कम्युनिष्ट केन्द्र बनाउने अभियानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुटेका छन् । तर, नेकपा एसकै नेता झलनाथ खनाललगायतले भने एमाले बाहेकको कम्युनिष्ट केन्द्र अपुरो रहने बताउँदै आएका छन् ।