१ कार्तिक २०८३, आइतबार

नेपाललाई केन्याले दियो १३३ रनको लक्ष्य

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । केन्याविरुद्धको दोस्रो टी–२० खेलमा आज नेपाललाइ केन्याले १३३ रनको विजयी लक्ष्य दिएको छ ।

केन्याको राजधानी नौरबीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले १३३ रनको विजयी लक्ष्य पाएको हो ।

टस हारेर ब्याटिङ गरेको केन्याले ८ विकेटको क्षतिमा १३२ रन बनायो ।

नेपालले केन्यासँग पाँच खेलको टी २० शृंखला र तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । यसअघि भएको पहिलो खेलमा नेपालले केन्यामाथि पाँच विकेटको जित निकालेको थियो  ।

नेपाल र केन्याबीचको टी २० शृंखला भदौ १४ गतेसम्म चल्नेछ । यसपछि भदौ १७ गतेदेखि यी दुई टिमले एकदिवसीय शृंखला खेल्नेछन् ।

नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), रोहित पौडेल (उपकप्तान), आसिफ शेख (विकेटकिपर), आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, आदिल अन्सारी, करण केसी, ज्ञानेन्द्र मल्ल, सोमपाल कामी, बसिर अहमद, अर्जुन साउद (विकेटकिपर), पवन सरार्फ, साहब आलम, किशोर महतो, विवेक यादव छन् ।