
काठमाडौं, १० भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर गरिएको ३ हजार ५१५ जनाको नमूना परीक्षणबाट ३२४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६७३ जनाको आरटी–पीसीआर गर्दा १६३ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १६१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९६ हजार ६०५ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९९९ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८० हजार ६६३ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ४ प्रतिशत हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ९४३ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५८ लाख २ हजार २८ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ३ हजार ९४३ जना आइसोलेसनमा छन् ।















प्रतिक्रिया