
भक्तपुर, १० भदौ । नबिल बैंकले नेपाल मोबाइल वितरण संघ (एनएमडीए) सँगको सहकार्यमा भक्तपुर क्षेत्रका मोबाइल वितरक, विक्रेता, तथा खुद्रा बिक्रेतासँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नबिल बैंकले मोबाइल व्यवसायीहरूको वित्तीय साक्षरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले च्यानल फाइनान्सिङ, क्यूआर मर्चेन्ट र फोन लोनदगायतको विषयमा छलफल गरेको बताएको छ ।
कार्यक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै नबिल बैंकका साना तथा मझ्यौला कर्जा तथा लघुवित्त विभागका प्रमुख निरज बस्नेत डनिलले नबिल बैंकले व्यवसायीलाई फाइदा पुर्याउने विभिन्न पहलकदमी क्रियाकलापहरु जस्तै समय सान्दर्भिक कर्जा सुविधा, अफर, साझेदारी, साक्षरता कार्यक्रमहरु ल्याएको जानकारी गराए ।
उनका अनुसार नबिल च्यानल फाइनान्सिङले व्यवसायीहरूलाई आकर्षक ब्याजदर र धितो अनुपातमा कर्जा सुविधा प्रदान गर्दै व्यापार विस्तार गर्न मद्दत गरेको छ भने नबिल फोन लोनले अब क्यूआर व्यापारीलाई कारोबारमा आधारित बिना धितो डिजिटल माध्यमद्वारा तत्काल ऋण लिने सुविधा ल्याएको छ ।
त्यसैगरी उनले क्यूआर व्यापारी, महिला तथा युवा व्यवसायलाई हाल क्यूआर र क्रेडिट कार्डमार्फत् उपलब्ध गरिएको नगद फिर्ता अफरका बारेमा पनि जानकारी गराएका थिए ।
कार्यक्रममा ‘चोरी नियन्त्रण र सतर्कता’ शीर्षकमा पनि संवाद कार्यक्रम आयोजना गरिएको थियो ।















प्रतिक्रिया