
काठमाडौं, १० भदौ । नेपालका लागि साउदी अरेबिया र स्लोभाक गणतन्त्रका राजदूतद्वारा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।
साउदी अरेबियाका आवासी राजदूत साद नासिल अब्दुल्लाह अबु हामिद र स्लोभाक गणतन्त्रका गैरआवासीय राजदूत रोबोर्ट मक्सिनले शुक्रबार राष्ट्रपति भण्डारीसमक्ष सो प्रमाणपत्र पेश गरेका हुन् ।
उक्त अवसरमा परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति शितलनिवासमा थियो ।















प्रतिक्रिया