४ कार्तिक २०८३, बुधबार

राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ पनि महानगरले खाली गरायो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।

ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएका छन् ।

उक्त स्थानमा पार्किङको व्यवस्था गर्न महानगरले निर्देशन समेत दिएको छ ।

पछिल्लो समय पार्किङ व्यवस्थापनमा जोड दिइरहेको काठमाडौं महानगरले घर तथा भवन बनाउँदा नक्सा पास गर्दा पार्किङ रहने भनिएको ठाउँमा व्यापारलगायत गर्ने गरेको पाइएपछि त्यस्ता संरचना हटाउने अभियानलाइृ तीव्र पारिरहेको छ ।