
काठमाडौं, ९ भदौ । भुटानमा आयोजना भएको साउथ एशियन किक बक्सिङ च्याम्पियनशीपमा नेपाली राष्ट्रिय खेलाडी शविानी श्रेष्ठले दुई वटा स्वर्ण पदक जितेकी छिन् ।
उक्त प्रतिस्पर्धामा उनले महिला खुला तौल समूह र खुला प्रतिस्पर्धामा स्वर्ण जितेकी हुन् । उनले सो प्रतिस्पर्धामा उत्कृष्ट महिला फाइटरको उपाधि समेत पाएकी छिन् ।
खनलाइन प्लाटफर्म बिजबजारको प्रायोजनमा श्रेष्ठले उक्त प्रतिस्पर्धामा सहभागीता जनाएकी थिइन् । खेलाडी श्रेष्ठ बिजबजारमा कार्यरत समेत छिन् ।















प्रतिक्रिया