
काठमाडौं, ९ भदौ । उड्डयन क्षेत्रका सफल व्यवसायी एवम् गायक विकास राणाको स्वरमा ‘प्रेमको परिभाषा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमिल शैलीको गीतमा बीबी थापाको शब्द रहेको छ भने शशीबिक्रम थापाको संगीत रहेको छ । गीतलाई विनोद भुजेलले संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा महानायक राजेश हमाल र नायिका वर्षा राउत फिचर्ड छन् । बुद्ध थापाले छायाँकन गरेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका हुन् ।
निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायक राणाको युट्युब च्यानल ‘विकास राणा अफिसिएल’मार्फत सार्वजनिक गरिएको छ ।
यसअघि गायक राणाको स्वरमा समावेश ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलको म्युजिक भिडियोहरु सार्वजनिक भइसकेका छन् ।















प्रतिक्रिया