
काठमाडौं, ९ भदौ । सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सीएफओ एचके पार्कले नेपालका प्रधानमन्त्री शेरबहादुर देउबासँग भेट गरेका छन् ।
नेपाल भ्रमणका रहेका पार्कले हिजो बुधबार प्रधानमन्त्री देउबासँग भेट गरेका हुन् । उक्त भेटमा पार्कका साथै कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको बताइएको छ ।
उक्त भेटमा पार्कले प्रधानमन्त्री देउबालाई सामसङ इलेक्ट्रोनिक्सका उत्पादन, रिटेलर रोजगारी सृजनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलबारे जानकारी गराएका छन् । उनले यस प्रकारको पहलहरूले भविष्यमा समुदाय, विशेष गरी नेपाली युवाहरूको हितमा काम गरिने सामसङको प्रतिबद्धता रहेको पनि बताएका छन् ।
सामसङले आफ्नो स्थानीय साझेदार हिम इलेक्ट्रोनिक्स (गोल्छा समूह) सँग मिलेर नवलपरासीमा एलईडी टीभी उत्पादन गर्ने कारखाना सञ्चालन गर्ने घोषणा गरिसकेको छ । नेपालमा इलेक्ट्रोनिक्स उत्पादन गर्न उक्त नयाँ उद्योगबाट बल पुग्नेमा सामसङ विश्वस्त छ ।















प्रतिक्रिया