४ कार्तिक २०८३, बुधबार

ग्रीन डेभलपमेण्ट बैंक दशौं वर्षमा, नयाँ मुद्दती योजना सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ९ भदौ । पोखराको सभागृह चोकमा केन्द्रीय कार्यालय रहेको ग्रीन डेभलपमेण्ट बैंक स्थापनाको नवौं वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको छ ।

बैंकले विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले पोखरा महानगरपालिका–२८ स्थित वनपाले सामुदायिक वन उपभोक्ता समूहमा वृक्षरोपण कार्यक्रम, केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम र बागलुङको हनुमान नाच संरक्षण परिषद् तथा रङ्कबैंकटेश्वर मुक्तिनारायण मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।

रक्त सञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा बैंकको केन्द्रीय कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको बैंकका कर्जा विभाग प्रमुख संयुक्त बहादुर ध्वाखाले जानकारी दिए ।

बैंकले पोखरा महानगरपालिका–२८ मा भएको वृक्षारोपण कार्यक्रम सोही वडाका वडाध्यक्ष श्रीकृष्ण लामिछानेको प्रमुख आतित्यथा तथा सामुदायिक वनका अध्यक्ष मंगल नेपालीको अध्यक्षतामा सम्पन्न भएको छ । सामुदायिक वनको क्षेत्रमा तेजपात, कल्की, कपुर, पारिजात, अमलालगायत अन्य विरुवाहरू रोपी कार्यक्रम सम्पन्न गरिएको थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बागलुङ बजारको इतिहास बोकेको हनुमान् नाच संरक्षण परिषद्लाई नगद रू. ३५ हजार तथा बागलुङकै कुँडुलेस्थित रङ्कबैंकटेश्वर मुक्तिनारायण मन्दिरलाई रू. २५ हजार ५२५ आर्थिक सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकले दशौं वार्षिकोत्सवको अवसरमा ५ वर्ष ९ महिनामा दोब्बर हुने मुद्दती योजना तथा १० वर्षमा दोब्बर र मासिक ६ प्रतिशत ब्याज समेत प्राप्त हुने मुद्दती योजना सार्वजनिक गरेको छ ।

बैंकले हाल कास्की, बागलुङ, म्याग्दी र नवलपुरमा रहेका १६ वटा शाखा कार्यालयबाट विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधाहरू, मोबाइल बैंकिङ, निःशुल्क एटीएम कार्ड, कनेक्ट आईपीएस, सी–आस्वाजस्ता सुविधाका साथ साथै वचत तथा मुद्दती खातामा आकर्षक ब्याजदर प्रदान गर्दै आएको छ ।