
काठमाडौं, ९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली सेनाप्रति जनताको विश्वास र भरोसा कायम राख्न नेपाली सेनालाई निर्देशन दिएका छन् ।
रक्षामन्त्रीको समेत जिम्मेवारी वहन गरिरहेका प्रधानमन्त्री देउबाले आज बिहीबार जङ्गी अड्डामा शुरू भएको ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक, २०७९’ को शुभारम्भ गर्दै यस्तो निर्देशन दिएका हुन् ।
नेतृत्व तहमा रहेका पदाधिकारीहरूको इमान्दारी र कर्तव्यपरायणताबाट नै मातहतका फौजको हौसला र मनोवल उच्च बनिरहेको भन्दै प्रधानमन्त्री देउवाले समग्रमा नेपाली सेनाप्रति नेपाली जनताको विश्वास र भरोसा कायम राख्न निर्देशन दिएका हुन् ।
देशको सुरक्षा र प्रतिरक्षा जस्तो महत्त्वपूर्ण र संवेदनशील जिम्मेवारी बोकेको नेपाली सेनाले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनता तथा राष्ट्रिय एकतालाई बलियो बनाउन आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको प्रधानमन्त्री देउबाको भनाइ छ ।
उक्त अवसरमा देउबाले देउवाले सुरक्षा तथा प्रतिरक्षा सम्बन्धी विषयमा उच्चस्तरीय अध्ययन तथा अनुसन्धानलाई प्रवर्द्धन गरी मुलुकको राष्ट्रिय सुरक्षाका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशमै उत्पादन गर्ने तथा सुरक्षासम्बन्धी विषयमा नीति निर्माण तहमा रहेका सबैको समान बुझाइ विकास गर्ने उद्देश्यले नेपाली सेनाको पहलमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापना एवम् सञ्चालनको कार्यलाई अगाडि बढाइएको जानकारी दिएका छन् ।















प्रतिक्रिया