
चन्द्रौटा (कपिलवस्तु), ९ भदौ । चन्द्रौटा उद्योग वाणिज्य संघको चौथो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदभार तथा सपथ ग्रहण सम्पन्न भएको छ ।
संघका निवर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य जम्सेर अलि मियाले नवनिर्वाचित अध्यक्ष ईश्वरी प्रसाद पाण्डेयलाई पदभार ग्रहण गराएका थिए । पदभार ग्रहण गर्दै अध्यक्ष पाण्डेयले व्यवसायी तथा उद्योगीहरूलाई स्थापित गर्दै बजारमा रहेका धेरै समस्यालाई समाधान गरिने बताएका छन् । साना उद्योगीहरूलाई धेरै समस्या रहेकाले औद्योगिक ग्रामको रुपमा विकास गर्न पहल गर्ने उनको भनाइ छ ।
संघका निवर्तमान अध्यक्ष जम्सेर अलि मियाले नयाँ नेतृत्वले कुशलतापूर्व व्यापारीहरूको हक हितका लागि काम गर्नुपर्नेमा जोड दिए । उद्योग वाणिज्य संघलाई व्यापारीहरूको साथ भएमा चन्द्रौटामा हरेक समस्यालाई समाधान गर्न सक्ने आधारहरू रहेको जिकिर उनले गरेका छन् ।
नेकपा एमालेका जगत पौडेल, काङ्ग्रेसका करम हुसेन, माओवादी केन्द्रका दिनेश पुन, एकीकृत समाजवादीका सरोज पौडेलले नयाँ कार्यसमितिलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
पदभार तथा सपथ ग्रहणपश्चात संघको कार्यसमितिको वैठकले तीन जना उपाध्यक्ष र एक जना सह–सचिवलाई मनोनयन गरेको छ । उपाध्यक्षमा वीरेन्द्र जयसवाल (विजय), सरोज पौडेल र विष्णु गुप्ता मनोनयन गरिएको अध्यक्ष पाण्डेयले जानकारी दिए । त्यस्तै सह–सचिवमा सनबहादुर सारुलाई मनोनयन गरिएको छ ।















प्रतिक्रिया