४ कार्तिक २०८३, बुधबार

चोरीको बाइकसहित धादिङका रमित लामा पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको थाक्रे गाँउपालिका–५ गौरीखर्क घर भई हाल काठमाडौंको बाफल बस्ने ३० बर्षीय रमित लामा छन् । उनलाई काठमाडौंको रानीबारीबाट हिजो साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलको वास्तविक नम्बर वाग्मती प्रदेश ०२–०२२ प ३६ ६९ लाई परिर्वतन गरि वाग्मती प्रदेश ०२–०३१ प ५८७ नम्बर राखी चलाउँदै गरेको अवस्थामा लामालाई हिजो नियन्त्रणमा लिएको हो ।

वाग्मती प्रदेश ०२–०२२प ३६ ६९ नम्बरको मोटरसाइकल चोरी भएको भनि धादिङको सल्यानकोट त्रिपुरासुन्दरी–४ घर भई हाल काठमाडौंको नागार्जुन गैरीगाँउ बस्ने दीपेन्द्र दाहालले २०७९ साल ५ वैशाखमा प्रहरी वृत्त स्वयम्भुमा लिखित निवेदन दिएका थिए ।

चोरीको मोटरसाइकल खोजतलास गर्न भनि वृत्त स्वयम्भुबाट उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएको पत्रानुसार मोटरसाईकल खोजी गर्ने क्रममा, चोरीमा संलग्न व्यक्तिहरुको सूचना सङ्कलन गरि निगरानी गर्दा लामालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।