
पोखरा, ९ भदौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा तीनदिने लिडरशीप एक्सिलेन्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ ।
कम्पनीले भदौ ५, ६ र ७ गते उक्त कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले गरेका थिए । सीईओ पराजुलीले विगतका दिनमा कम्पनीले हासिल गरेका उपलब्धीका विषयमा समीक्षा र चालू आर्थिक वर्षमा कम्पनीले लिने रणनीतिका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रममा पराजुलीले चालू आर्थिक वर्षमा फाल्कन इयर २०७९/८० को र कम्पनीको कर्पोरेट भिडियोहरूको अनावरण गरेका थिए ।
कार्यक्रममा नेपाल लाइफले विशिष्ट योगदान पुर्याएका दुई जना अभिकर्तालाई जनही एक लाख रूपैयाँसहित विशेष सम्मान गरिएको थियो । नेपाल लाइफको प्रतिनिधित्व गर्दै अमेरिकाको वोष्टनमा सम्पन्न एमडीआरटी सम्मेलनमा सहभागी जयसरा शर्मा पंगेनी र लमही शाखाका अभिकर्ता युवराज धितालले सर्वोच्च शिखर सगरमाथा चढी नेपाल लाइफको झण्डा फहराएकोमा सम्मान गरिएको छ ।

कोभिड–१९ का कारण विगत तीन आर्थिक वर्षदेखि अभिकर्ताहरूको सम्मेलन हुन सकिरहेको थिएन । कम्पनीले विगत तीन आर्थिक वर्षमै एजेन्सी म्यानेजर र अभिकर्ता क्याटागोरीमा सबैभन्दा उत्कृष्ट रहेका प्रत्येक वर्ष ५० मा पर्नेहरूलाई चयन गरी सम्मेलनमा उपस्थित गराइएको थियो ।
यसरी सहभागी हुने २०५ जना अभिकर्ताहरूलाई सिल्ड तथा प्रमाणपत्रसहित सम्मान गरिएको थियो । समान्नितहरूमध्ये प्रत्येक वर्ष पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने अभिकर्ताहरूलाई नगदसहित सम्मान गरिएको थियो । प्रथम स्थान हासिल गर्नेलाई दुई लाख ५१ हजार, दोस्रो हुनेलाई एक लाख ३५ हजार र तेस्रो हुनेलाई ७५ हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रमको उद्घाटनसत्र लगत्तै बैंकर तथा मोटिभेशन स्पिकर अनिल केशरी शाहले कार्यक्रममा उपस्थित सम्पूर्णमा मोटिभेशन प्रदान गरेका थिए । उनले आफ्नो ३२ वर्षे बैंकिङ अनुभवका साथ सबैलाई उत्प्रेरणा, हौसला प्रदान गर्दै आ–आफ्नो कामप्रति उत्साहित बनाएका थिए ।

कार्यक्रममा सहभागीहरूमध्ये मदन भट्ट, देवी प्रसाद जैसी र रक्षा महराले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको अन्त्यमा, सहभागीहरूमा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो । जसमा विभिन्न खेलकुदका कार्यक्रम पनि आयोजना गरिउको कम्पनीको भनाइ छ ।
उक्त कार्यक्रममा कम्पनीका नेशनल शेल्स हेड उमापति पोखरेल, वरिष्ठ सहायक महाप्रबन्धक ओमप्रकाश पुडासैनी, स्ट्राटेजी हेड अमित कयाल, कम्पनी सचिव विनोद भुजेल, प्रबन्धक सुनिता पोखरेल, जोन प्रमुखहरू र रिजनल प्रमुखहरूको समेत उपस्थिति थियो ।















प्रतिक्रिया