४ कार्तिक २०८३, बुधबार

स्वर्गीय प्रदीप गिरि विजयी भएको सिराह १ बाट सरिता गिरिले गरिन् उम्मेदवारी घोषणा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । गत शनिबार साँझ निधन भएका नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको क्षेत्रबाट सरिता गिरिले उम्मेदवारी घोषणा गरेकी छिन् ।

हिजो बुधबार मात्र सदभावना पार्टी परित्याग गरेकी उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा सिराह १ बाट चुनाव लड्ने घोषणा गरेकी हुन् ।

नेतृ गिरिले आज बिहीबार बिहान सामाजिक सञ्जालमार्फत चुनाव लड्ने घोषणा गरेकी हुन् । उनले चुनावमा सहयोग लागि सबैसँग आग्रह समेत गरेकी छन् ।

‘म सिराहको १ नम्बर निर्वाचन क्षेत्रबाट सांसद पदका लागि निर्वाचन लड्न गइरहेको छु । यो आधिकारिक घोषणा हो । सबैजनासँग सहयोगका लागि विनम्रतापूर्वक आग्रह गर्दछु,’ उनले लेखेकी छन् ।

हालै दिवंगत भएका कांग्रेस नेता प्रदीप गिरिको आग्रह अनुसार आफूले सदभावना पार्टी परित्याग गरेको समेत उनले बताएकी छिन् । सरिता प्रदीप गिरिकी भाइबुहारी हुन् । उनी दुई वर्षअघि जसपा छाडेर सदभावना प्रवेश गरेकी थिइन् ।

सिराह १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट प्रदीप गिरि विजयी भएका थिए । ०५६ को निर्वाचनबाहेक सबै निर्वाचनमा प्रदीप गिरी सोही क्षेत्रबाट विजयी हुँदै आएका थिए ।