४ कार्तिक २०८३, बुधबार

सिटिजन्स बैंकले ल्यायो तीजलाई लक्षित गर्दै लकर सेवा शुल्कमा विशेष छूटको योजना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । सिटिजन्स बैंक इन्टरनेसनलले महिलाहरूलाई लक्षित गर्दै हरितालिका तीज २०७९ र भदौ हिनामा पर्ने विभिन्न पर्वहरूको अवसरमा लकर सेवा शुल्कमा आकर्षक छुटसहितको योजना ल्याएको छ ।

योजनाअन्तर्गत बैंकले भदौ महिनाभरी लकर शूल्कमा ७०% र लकर कि डिपोजिटमा ५०% सम्म छूटको व्यवस्था गरेको छ । यस्ता छूटहरूको सुविधा सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने शाखाहरूबाट पनि प्राप्त गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो सुविधाबापत बैंकका ग्राहकले आफ्ना अमूल्य गरगहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाणपत्रहरू जस्तै राहदानी र अन्य मूल्यवान वस्तुहरू सहज र सुपथ शुल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्ने छन् ।

साथै बैंकका ग्राहाकको सहजताका लागि बैंकले निस्शुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरू धेरै पहिले देखिनै प्रदान गर्दै आइरहेको जानकारी पनि विज्ञप्तिमार्फत दिएको छ ।