४ कार्तिक २०८३, बुधबार

अवैध संरचनाहरू हटाउँदै हिँडेका बालेनलाई अल्फाबिटाका मालिकले दिए यस्तो धम्की !

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ भदौ । नयाँ बानेश्वर र शंखमुल क्षेत्रमा बनेका अवैध संरचनाहरू भत्काउन उर्दी गर्दै र भत्काउँदै समेत हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’लाई अल्फाबिटा कम्प्लेक्सका मालिकले कानूनी उपचारको धम्की दिएका छन् ।

बुद्धनगर छिर्ने बाटोमा अवस्थित अल्फाबिटाले आफ्नो व्यावसायिक भवनको अगाडिको भागमा सटर निकालेर फार्मेसी सञ्चालन गर्न दिएको र पार्किङ भने सडक पेटीमा गर्ने गरेको उक्त संरचना भत्काउन निर्देशन दिएका मेयर साहलाई त्यहाँ भेटिएका कम्प्लेक्सका प्रतिनिधिले राज्यलाई कर तिरिरहेको अवस्थामा मेयरले कम्प्लेक्सको संरचना भत्काउने आदेश दिन नहुने तर्क गर्दै कानूनी उपचारको धम्की दिएका हुन् ।

ति प्रतिनिधिसँग मेयरले भवनको नक्सा माग्दा नक्सा हामीसँग छैन तपाइँसँगै हुन्छ भन्ने जवाफ फर्काएपछि मेयर बालेन र ती प्रतिनिधिबीच भनाभन समेत भएको थियो । भनाभनकैबीच कम्प्लेक्स प्रतिनिधिले लिखित लिए वकिलसहित महानगर कार्यालयमा आउने बताए । साथै उनले आफूहरुले राज्यलाई कर तिरेको भन्दै व्यवसायीलाई सम्मान गर्न समेत मेयरसँग आग्रह गरेका छन् ।

तर, मेयर बालेनले भने व्यावसायिक भवनहरूको आफ्नै पार्किङ हुनुपर्ने र पार्किङका लागि भनेर नक्सा बनाएकाले व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न नहुने अडान दोहोर्याएका छन् ।

यस्तै मेयर साहले शंखमूल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकन गरेका छन् । महानगरको टोलीसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने प्रतिबद्धता जनाएका छन् ।

गत सोमबार नयाँ बानेश्वरमै अन्डरग्राउन्डमा रहेका पसल हटाएको र अनधिकृत संरचना भत्काएको महानगरले बुधबार सुन्न्धरास्थित काठमाडौं मल, न्यूरोडको आरबी कम्प्लेक्समा बनाइएको अनधिकृत संरचना भत्काएको थियो ।