
काठमाडौं, ९ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अवैध संरचना भत्काउन एक्सनमा उत्रिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको कदमप्रति समर्थन जनाएका छन् ।
सामाजिक संजाल ट्वीटरमा आज बिहानै लेख्दै अध्यक्ष थापाले अवैध संरचना भत्काउने र देशको राजधानी काठमाण्डौलाई सफा सुन्दर र स्वच्छ बनाउने काठमाडौँ महानगरका मेयर साहको प्रयास प्रशंसनीय भएको बताएका हुन् ।
उनले तत्काल केही असुविधा भएपनि यसले दीर्घकालमा सबैलाई फाइदा हुने भन्दै यस कार्यमा सबैले सहयोग गर्न आब्हान गर्दै मेयर साहले राम्रो काम गरेकोले उक्त कामलाई निरन्तरता दिन शुभकामना समेत दिएका छन् ।
उनले लेखेका छन्, ‘अवैध संरचना भत्काउने र देशको राजधानी काठमाण्डौलाई सफा सुन्दर र स्वच्छ बनाउने मेयर बालेन साहको प्रयास प्रशंसनीय छ । तत्काल केही असुविधा भए पनि यसले दीर्घकालमा सबैलाई फाइदा हुन्छ । यस कार्यमा सबैले सहयोग गरौं । वेल डन बालेन ! किप इट अप । ’















प्रतिक्रिया