४ कार्तिक २०८३, बुधबार

२० वर्षे पुरानो गाडीमा पुनः निगरानी बढाइयो, ५७७० नम्बरको माइक्रोलाई कारबाही सिफारिस

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमडौं, ८ भदौ । २० वर्ष पुरानो माइक्रो बसलाई ट्राफिक प्रहरीले कारबाहीका लागि ललितपुरस्थित यातायात व्यवस्था कार्यालयमा पठाएको छ ।

काठमाडौँको सिंहदरबार सडकमा गुड्दै गरेको २० वर्ष पुरानो माइक्रो बसलाई ट्राफिक प्रहरीले कारबाहीका लागि यातायात व्यवस्था कार्यालय ललितपुर पठाएको हो ।

सोमबार बा १ ज ५७ ७० नम्बरको माइक्रो बस जाँच गर्दा २० वर्ष अवधि पुगेको देखिएकाले ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । चेकिङको क्रममा उक्त माइक्रो बस सन् २००० सालमा बनेको कागजात भेटिएको थियो ।

उक्त माइक्रो बसलाई आवश्यक कारबाहीका लागि ललितपुरस्थित यातायात व्यवस्था कार्यालय पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सवारी साधन उत्पादन भएको वर्ष र शुरु दर्ता मिति पनि खुलेका सवारी साधनको हकमा उत्पादन वर्षले २० वर्ष, उत्पादन वर्ष नखुलेको तर शुरु दर्ता मिति मात्र खुलेको सवारीको हकमा शुरु दर्ता मितिले २० वर्ष पुगे नपुगेको गणना हुन्छ ।

यस्तै, शुरु दर्ता भइनसकेका भन्सार कार्यालय र राजश्व अनुसन्धान विभाग जस्ता निकायले लिलाम गरेका सवारीको हकमा भने उत्पादन वर्षले डिसेम्बर महिनाको आधारमा २० वर्ष पुगे नपुगेको एकिन गरी इन्धनबाट चल्ने यात्रु तथा मालबाहक सवारी साधन २० वर्षभन्दा बढी चलाउन नपाइने यातायात व्यवस्था कार्यविधि निर्देशिका २०७४ मा प्रावधान छ ।