४ कार्तिक २०८३, बुधबार

राजा फर्काउन नारायणहिटीमै धर्ना दिने तयारीमा शाही युवा शक्ति

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । राजसस्था पुनःस्थापनाका लागि शाही युवा शक्ति नेपालले यही भदौ १५ गते नारायणहिटीमा बृहत् धर्ना कार्यक्रम गर्ने भएको छ ।

आज बुधबार पत्रकार सम्मेलन गरी दिइएको जानकारी अनुसार पुर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपटक राजा बनाउने उद्देश्यले नाराहिटी दरबारस्थित स्व. महेन्द्र शाहको शालिकअगाडि विशाल धर्ना कार्यक्रमको आयोजना गरिएको छ ।

‘पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपटक राजा बनाउने उद्देश्यले नारायणहिटी दरबारस्थित स्व.महेन्द्र शाहको शालिकअगाडि विशाल धर्ना कार्यक्रमको आयोजना गरेका छौं,’ शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले भने ।

जनताहरू पहिला जस्तो गणतन्त्रमा अहिले खुशी नभएको उनले दाबी गर्दै उनले अहिलेको व्यवस्था गणतन्त्र फाल्न शाही युवा शक्ति नेपालले विभिन्न कार्यक्रम गर्दै आएको बताए । देशभरको कुल जनसंख्यामध्ये राजसंस्थामा आस्था राख्नेहरू ३० लाख भएको उल्लेख गर्दै उनले न्युटल जनताले राजसंस्था वा दलको कसैको पक्ष नलिएको दाबी गरेका छन् ।

राष्ट्र र मातृभूमिको लागि राजा ज्ञानेन्द्र शाहलाई गद्दीमा चढाउन बृहत् धर्ना कार्यक्रमको आयोजना गर्न लागेको भन्दै उनले सम्पूर्ण उपत्यकावासीलाई सहभागी हुन आग्रह गरेका छन् । ज्ञानेन्द्रलाई तेस्रोपटक राजा घोषणा गर्न कन्जुस्याई गर्न नहुने र सबै नागरिक देशको झण्डा बोकेर सडकमा आउनुपर्नेमा उनले जोड दिएका छन् ।