४ कार्तिक २०८३, बुधबार

अपराध अनुसन्धान एवम् न्याय निरूपणमा तीन वटै तहको भूमिक उत्तिकै : गृहमन्त्री खाण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । गृहमन्त्री बालकृष्ण खाणले अपराध अनुसन्धान एवम् न्याय निरूपणमा संवैधानिक कानूनी व्यवस्था अनुरुप प्रदेश, संघीय र स्थानीय तहको उत्तिकै महत्वपूर्ण भूमिक हुने बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा बुधबार आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ को उद्‌घाटन गर्दै गृह मन्त्री खाणले सो कुरा बताएका हुन् ।

बद्लिदो अपराधको स्वरूपलाई नियन्त्रण गर्न नेपाल प्रहरीले थप सतर्कता, सजगता र कर्तव्यनिष्ठ भई सक्रियतापूर्वक कम गर्नुपर्नेमा उनले जोड दिएका छन् । जनताको जीउ धनको रक्षा, सामाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रण राज्यको प्रमुख दायित्व रहेको बताउँदै गृहमन्त्री खाणले उक्त दायित्व पूरा गर्न सुरक्षा निकायलाई अझै सवल तथ सुदृढ गर्नाका साथै स्रोत साधन एवम् क्षमता अभिवृद्धि गर्न नेपाल सरकार सदैव तयार रहेको बताएका छन् ।