२ कार्तिक २०८३, सोमबार

मिस नेशन नेपाल २०२२ को फिनाले शुक्रबार, बिजेताले नगद एक लाख रूपैयाँ पाउने

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । आई डु इभेन्टसको आयोजनामा भइरहेको मिस नेशन नेपाल २०२२ प्रतियोगिताको फिनाले आगामी शुक्रबार हुने भएको छ ।

प्रतियोगितामा सहभागीहरूलाई श्रृंगार, नृत्य, ब्यक्तित्व बिकास, भाषण कला, आत्मरक्षा, जुम्बा, योगा, फिट्नेश र अभिनयका कक्षाहरू प्रदान गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको बिभिन्न चरण पार गर्दै र तालिमहरू प्राप्त गरि मिस नेशन नेपाल २०२२ को फिनालेमा पुगेका प्रतिस्पर्धीहरूले यहि भाद्र १० गते थापाथली स्थित ब्लुबर्ड मलमा आफ्नो अन्तिम प्रस्तुती दिने आयोजक ललिता सापकोटाले बताइन् ।

बिजेताले मिस नेशन नेपाल २०२२ को ताज साथै नगद रु. १ लाख, विभिन्न फेशन शो र रनवेमा सहभागीता, म्यूजिक भिडियो, पत्रपत्रिका/म्यागजिनमा फिचर, विज्ञापन आदीमा अवसर प्राप्त गर्नेछन् । आयोजकका अनुसार प्रतियोगितामा विभिन्न फेशन डिजाइनरहरूले तयार पारेको पहिरनहरूमा सहभागीहरू स्टेजमा उत्रिनेछन् ।

मिस नेशन नेपाल २०२२ का निर्णायक मण्डलको रूपमा ध्रुव बुढाथोकी (म्यानहन्ट इन्टरनेशनल २०१७), सन्ध्या शर्मा (मिस नेपाल इन्टरनेशनल २०२२) र सुमित राणा (काष्ठमाण्डप टेलिभिजन सञ्चालक) रहने आयोजकले जनाएको छ । प्रतिस्पर्धीहरूलाई कोरियोग्राफर सुजित बस्यालले तालिम दिएको आयोजकले जनाएको छ ।