४ कार्तिक २०८३, बुधबार

माओवादीको पदाधिकारी समावेशी बनाउन सकेनौँ, तल्लो कमिटीबाट चित्त बुझाउनपर्ने भो : महासचिव गुरुङ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ भदौ । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आफ्नो पार्टीको पदाधिकारी समावेश बनाउन नसकेको स्वीकार गरेका छन् ।

पार्टीलाई अधिकतम समावेशी बनाउने चाहना हुँदाहुँदै पनि यो चरणमा त्यसो गर्न नसकिएको उनको भनाइ छ ।

‘विकासको यात्रामा, कम्युनिष्ट पार्टी निर्माणको यात्रामा, विकासको चरणमा, समानुपातिक तथा समावेशीको मुद्दामा अधिकतम रुपमा सम्बोधन गर्न प्रयास गरिरहेका छौं,’ महासचिव गुरुरूले भने, ‘अहिले पदाधिकारीमा नमिलेको भए पनि तल्लो कमिटीबाट प्रक्रिया चलाइरहेका छौं । केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सुनिश्चितता गरेका छौं । पदाधिकारीको सवालको सन्दर्भमा, त्यो चाहन्थ्यौं । तर, अहिलेको चरणमा त्यो गर्न सकेनौं ।’

उनले कम्युनिष्ट पार्टीको निर्माण विचारको आधारमा निर्माण हुने कुरा उल्लेख गरे । अहिले आफूहरु त्यही यात्रामा रहेको उनको भनाई छ । उनले भने, ‘हामी त्यो यात्रामा छौं । समावेशिताको सवालको कुरा गर्दा, अझै त्यो विन्दुमा अहिले पुग्न सकिएन । कुनै जिल्लामा घनिभूत पनि हुँदोरहेछ । कतै नहुँदो रहेछ । यो विचारको कुरा हो । विचारको विकासको यात्रा भएको हुनाले समानुपातिक ढङ्गले नहुने रहेछ । निकट भविष्यमा क्रमशः यो पुर्याउने प्रक्रियामा रहेका छौं ।’

पार्टी निर्माणको प्रक्रिया विशुद्ध रुपमा विचारबाट निर्देशित हुने गुरुङको भनाइ छ ।