
काठमाडौं, ८ भदौ । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग भदौ १५ गते बयान लिने भएको छ ।
आज बुधबार बसेको समितिको बैठकले जबरामाथि लागेको आरोपमाथि बयान लिन भदौ १५ गते बोलाउने निर्णय गरेको हो ।
त्यसअघि भदौ ९ गतेदेखि १२ गतेसम्म जबराविरुद्धको प्रमाण संकलन गर्ने र त्यसमाथि अध्ययन गर्ने बताइएको छ ।















प्रतिक्रिया