
काठमाडौं, ७ भदौ । नेकपा (एमाले)ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन गर्न चाहानेहरूका लागि एमालेमा ढोका खुला रहेको बताएको छ ।
मंगलबार स्थायी कमिटी बैठकका निर्णयहरु सार्वजनिक गर्ने क्रममा एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले सो कुरा बताएका हुन् ।
उनले एमालेसँग गठबन्धन गर्न चाहनेहरुका लागि ढोका खुला रहेको बताउँदै देशमा सुशासन, समृद्धि र स्वाधिनताको पक्षमा एजेण्डा मिल्नेहरुसँग गठबन्धन गर्न तयार रहेको समेत बताएका छन् । कसैलाई गठबन्धनमा आउन भनेर दबाब भने नदिने उनले स्पष्ट पारेका छन् ।















प्रतिक्रिया