
नवलपरासी पश्चिम, ७ भदौ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका वडा नं. ७ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिब ५०० जना स्थानीयले सेवा लिएका छन् ।
मंगलबार तर्गौलीस्थित जनजागृति आधारभूत विद्यालयमा सञ्चालन गरिएको शिविरबाट ४२५ जना वडावासीले सेवा लिएको सम्बन्धित वडा कार्यालयले जनाएको छ । महिला तथा प्रसुती, नाक, कान, घाटी, मुख र आँखाको निःशुल्क परीक्षण गरिनाका साथै आवश्यकता अनुसार निःशुल्क औषधि समेत उपलब्ध गराइएको कार्यालयको भनाइ छ ।

शिविरमा निःशुल्क उपलब्ध गराइएको औषधिका लागि पाल्पा सिमेन्ट र लक्ष्मी स्टिलले सहयोग गरेको वडा अध्यक्ष नारायण आचार्यले जानकारी दिए ।
उनका अनुसार गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको समयमा मतदातासामू गरिएको प्रतिबद्धता अनुरूप वडाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । वर्षको दुई पटक निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था मिलाउने प्रतिबद्धताअनुसार मंगलबार पहिलो चरणको स्वास्थ शिविर सम्पन्न भएको वडाध्यक्ष आचार्यको भनाइ छ ।
उनले हरेक ६ महिनामा एक पटक वडावासीका लागि निःशुल्क स्वास्थ्य परीक्षण गराउने प्रतिबद्धता पुनः दोहोर्याएका छन् ।















प्रतिक्रिया