
काठमाडौं, ७ भदौ । नेकपा एमालेको स्थायी कमिटी बैठकले विभिन्न पार्टी छोडेर नेकपा एमाले प्रवेश गर्ने चार जनालाई केन्द्रीय कमिटीमा मनोनयन गर्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा आज बसेको बैठकले दाङका जीवन गौतम, कपिलवस्तुका वृजेश गुप्ता, काठमाडौंका धर्मदत्त देवकोटा र झापाका अमृतलाल राजबंशीलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो ।
अहिले नेकपामा प्रवेश गर्नेको लहर चलिरहेकाले उक्त लहरलाई व्यवस्थापन र उनीहरूको विवरण दुरुस्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।















प्रतिक्रिया