बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

मिस युनिभर्स नेपालकी आयुष्नोभालाई क्रिटिक्स अवार्ड

दैनिक नेपाल २०७९ भदौ ७ गते १६:३७

काठमाडौं । यतिबेला अन्तिम प्रतिस्पर्धाको तयारी हुँदै गरेको ‘मिस युनिभर्स नेपाल–२०२२’को फाइनलमा रहेकी डा. आयुष्नोभा ढुङ्गानालाई एउटा फरक शैलीको सफलता प्राप्त भएको छ ।

उत्कृष्ट ३९ बाट विभिन्न राउन्ड हुँदै फाइलनमा पुगेकी डाक्टर अनुष्नोभा चलचित्र क्षेत्रमा पनि आबद्ध छिन् ।
दुई वर्षअघि रिलिज भएको चलचित्र ‘डाक्टर खाते’बाट डाक्टर आयुष्नोभाले स्कृप्ट सब टाइटलतर्फ ‘क्रिटिक्स अवार्ड’ जितेकी छिन् ।

काठमाडौंमा सम्पन्न दोश्रो नेशनल इन्टरट्रेनमेन्ट अवार्ड २०२२ मा आयुष्नोभाले सबैभन्दा कम उमेरमा स्कृप्ट राइटिङ (सब टाइटल) लेखेर क्रिटिक्स अवार्ड हासिल गरेकी हुन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा आयुष्नोभाको अवार्ड उनी आमा तथा अभिनेत्री रोशनी केसीले ग्रहण गरिन् ।

यपिबेला आफू मिस युनिभर्स नेपाल २०२२ को क्लोज क्याम्पमा भएका कारण अवार्ड ग्रहण गर्न नसकेको जानकारी गराउँदै आयुष्नोभाले सो अवार्डले आफूलाई अघि बढ्न थप प्रेरणा मिलेको बताइन् ।

हाल प्रतिस्पर्धा गरिरहेका २० जना प्रतियोगीमध्य आयुष्नोभा मात्र डाक्टर हुन् । मिस युनिभर्स नेपालको फाइनलमा पुगेकी उनले चलचित्रको स्कृप्ट विधामा यतीबेला अवार्ड जितेर आफूलाई बहुमुखी प्रतिभाको धनीका रुपमा चिनाएकी छिन् ।

बंगलादेशबाट छाला रोगसम्बन्धी चिकित्सा अध्ययन गरेर नेपाल आएकी आयुष्नोभा सबैका लागि स्वास्थ्य अभियानका साथ मिस युनिभर्स नेपाल २०२२ मा छिन् । डाक्टरहरु पनि सौन्दर्य क्षेत्रमा कम छैनन भनेर प्रमाणित गर्दै नेपाललाई अन्तराष्ट्रिय क्षेत्रमा मिस युनिसर्भमार्फत चिनाउन आफूले यो प्रतियोगितामा भाग लिएको बताउँदै आएकी छिन् ।

मिस युनिभर्स नेपाल २०२२ को चयन भदौ ९ गते साँझ हुने भएको छ । यो प्रतियोगिताको कोरियोग्राफी बरिष्ट अभिनेता तथा कोरियोग्राफर प्रशान्त ताम्राकारले गरिरहेका छन् । मिस युनभिर्स नेपालको बिजेताले नेपालबाट ७१औं मिस युनिभर्स २०२२ मा भाग लिने छन् । बिजेताले मिस युनिभर्स नेपालको टाइटलसँगै क्राउन, १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने मिस युनिभर्स नेपालकी निर्देशक नग्मा श्रेष्ठले बताएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित