
काठमाडौं, ७ भदौ । नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक एक साता स्थगित गरिएको छ ।
आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेअनुसार बैठक स्थगित गरिएको बताइएको छ ।
अब प्रतिनिधिसभाको अर्को बैठक भदौ १३ गते बिहान ११ बजे बस्ने छ ।
नेकपा एमालेको आज स्थायी कमिटी बैठक छ । यसैगरी ९ गते पोलिटव्यूरो, १० र ११ गते केन्द्रीय कमिटी तथा १२ गते निर्वाचन परिचालन कमिटीको बैठक बोलाइएको छ ।
यिनै बैठकलाई लक्षित गरी प्रतिनिधिसभाको बैठक स्थगित गरिएको हो ।















प्रतिक्रिया