
काठमाडौं, ७ भदौ । लेखक, स्तम्भकार र विश्लेषकका रूपमा परिचित खगेन्द्र सङ्ग्रौलाले नेपाली काङ्ग्रेसका नेता तथा सांसद प्रदीप गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिनु उनको इच्छाविपरीत भएको बताएका छन् ।
गिरिको सम्मानमा दिइएको राजकीय सम्मानलाई सङ्ग्रौलाले ‘कथित राष्ट्रिय सम्मान’को रूपमा समेत टिप्पणी गरेका छन् । स्वर्गीय गिरिले आफ्नो शवलाई आफ्नो आश्रम बस्तीपुरमा लगेर अन्त्येष्टि गरियोस् भन्ने चाहना राखेको दाबी गर्दै सङ्ग्रौलाले यस्तो टिप्पणी गरेका हुन् ।
‘प्रदीप गिरिको सानो इच्छा आफ्नो शव आफ्नो आश्रम बस्तीपुरमा लगेर सेलाइयोस् भन्ने थियो । कसको हठले यो इच्छा पूरा हुन दिइएन ?,’ सङ्ग्रौलाले भने, ‘तडकभडक, फुइँ र प्रदर्शन प्रदीपको रुचि र रोजाइविपरीत कुरा थिए । कसको सनकले प्रतिवाद गर्न सक्ने अवस्थामा नभएका प्रदीपमाथि कथित राष्ट्रिय सम्मान थोपरियो ?’
घाँटीको क्यान्सरबाट पीडित गिरिको गत शनिबार साँझ ७५ वर्षको उमेरमा निधन भएको थियो । क्यान्ससँगै पछिल्लो समय निमोनियाले समेत तीव्र रूपमा च्यापेपछि गत साउन दोस्रो सातादेखि अस्पताल भर्ना भइ निरन्तर उपचार गराउँदै आएका उनको उपचारकै क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो ।
उनको आइतबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।
प्रदीप गिरीकाे सानाे इच्छा आफ्नाे शव आफ्नाे आश्रम बस्तीपुरमा लगेर सेलाइयाेस् भन्ने थियाे।कसकाे हठले याे इच्छा पूरा हुन दिएन?
तडकभडक,फुइँ र प्रदर्शन प्रदीपकाे रुचि र राेजाइ विपरीत कुरा थिए।कसकाे सनकले प्रतिवाद गर्न सक्ने अवस्थामा नभएका प्रदीपमाथि कथित राष्ट्रिय सम्मान थाेपरियाे?— Khagendra Sangroula (@belakoboli) August 22, 2022















प्रतिक्रिया